Breaking: सन्दिप लामिछाने दुबईबाट प’क्राउ, नेपाल ल्याउने तयारि हुदै

नाबालिग ब’लात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।लामिछाने दुबईबाट पक्राउ परेको नेपाल प्रहरीको स्रोतको दाबी छ । तर, प्रहरीले औपचारिक रूपमा लामिछाने पक्राउ परेको पुष्टि गरेको छैन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
लामिछानेलाई नेपाल ल्याउने तयारी सुरु भएको पनि स्रोतले जनाएको छ । प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) को सहयोगमा लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।ब’लात्कारको आरोप लागेसँगै लामिछाने सम्पर्कविहीन भएका थिए ।
केन्याबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरिएका
लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर, नेपाल फर्किएका थिएनन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****