दलित केटी र गैरदलित केटा बिच सामाजिक परम्परा अनुसार धुमधामले विवाह

राप्ती नगरपालिका वडा नम्बर ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार सोही वडामा बसोबास गर्ने
राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो । इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए । सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै समाजमा कोहि सानो जात र ठूलो जात हुदैन, सबै समान हो भन्ने
उदाहरण दिनको निम्ति पनि हामिले बाजागाजा र जन्ती भोज सहित सबैलाइ देखाएर बिबाह गरेको भन्दै आफू र आफ्नो परिवार अत्यन्तै खुशी भएको तामाङले बताए ।
३० बर्षे तामाङ वैदेशिक रोजगारबाट भरखरै नेपाल फर्केका हुन भने २७ बर्षे मिजार गाउमै सिलाइ कटाइको ब्यबसाय गर्दै आएकी थिइन । हामिले एउटा आट गरेका छौ यो अब राप्ती नगरपालिकाबाट सुरु भएको अन्तरजातीय बिबाह देश भर बिनाभेदभाव सबैका लागि स्विकार्य हुनु पर्छ र गरिनु पर्छ हामी अत्यन्तै खुशी छौ दुलहाका भिनाजु बुद्धि मुक्तानले भने ।
तामाङ ज्वाइँ पाएकोमा आफू खुशी भएको र सम्धी सम्धिनी पनि खुशी भएको दुलहीकि आमा बिन्दा मिजारले बताइन । २० दिन अगाडि सामाजिक परम्परा अनुसार टिकाटालो गरि केटा पक्षले आफ्नो घरमा बौद्ध परम्परा अनुसार बिबाह गर्ने र यता केटि पक्षले हिन्दु परम्परा अन्तरगत बिबाह भएको दुलहिकी दिदी गिता मिजारले बताइन ।
जात मात्रै होइन धर्म पनि फरक भएका यी जोडिको बिबाहले समाजमा समानताको सन्देश दिएको बिबाहमा उपस्थित निम्तालुहरुको भनाइ थियो । Source: Nepaliko Aawaj