News

फिल्म सहित दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका चर्चित कलाकार दीप सागरको नि’धन

काठमाडौं :

कलाकार दीप सागरको निधन भएको छ । उनको आज बिहान मध्य बानेश्वर स्थित भेनस अस्पतालमा उपचारका क्रममा निधन भउको हो । सागरको पहिले वीर अस्पतालमा र त्यसपछि भेनेसमा उपचारका लागि पुर्याइएको थियो ।

उपचारकै क्रममा उनको निधन भएको उनका नजिकका साथी हास्य कलाकार शेरबहादुर गुरुङले बताए । नेपाली कला क्षेत्रमा मोडल, छायाँकार, निर्देशकको अलवा श्रृङ्गारका रुपमा चिनिएका सागर सुगर तथा मृगौला रोगबाट पिडित पीडित थिए ।

उनले ‘पुरानो पुस्ता’ को समेत निर्देशन गरेका थिए । फिल्म ‘नमस्ते डोल्पा’ मा नायकको भूमिकामा निर्वाह गरेका सागरले लोकगीत ‘बेनीको बजार’, ‘झरनाको त्यो चिसो पानी’, ‘हिउँ पर्यो फुरुरु’, ‘मेरो घान्द्रुक गाउँ’, ‘हङकङ आइडीले’ लगायत दर्जनौ म्युजिक भिडियो अभिनय गरेका छन् ।

त्यस्तै सय बढी म्युजिक भिडियो निर्देशन गरेका छन् । सागरको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनका श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email