News

मैले लगाउँदा गाली ‘विदेशीले लगाउँदा ताली किन’, भन्दै नराम्राे भन्नेलाई उषाले दिइन् कडा दनक (भिडियो सहित)

टिकटकमा भिडियो बनाउँदै चर्चामा आएपछि मोडल उषा उप्रेतीले म्युजिक भिडियोमा काम गर्ने अवसर पाइन् । अहिले उनी म्युजिक भिडियोकी व्यस्त मोडलमा पर्छिन् । टिकटकबाट उदाएका कैयौं प्रतिभा केही महिना भिडियो खेलेर हराएका पनि छन् । तर, उषाको भने म्युजिक भिडियोमा उत्तिकै माग छ ।

मोडल उषा उप्रेतीले यदि आफूलाई मेन्टेन नगर्ने हो भने अब उनलाई म्युजिक भिडियोमा पनि काम गर्न गाह्रो पर्न सक्छ । किनकी, फिल्ममा काम गर्ने उनको सोच र योजना छ । तर, उनलाई फिल्मको अफर गएको छैन । उनीसँगै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा फिल्मकी नायिका भैसकेकी छिन् । यसको दबाब उषालाई पक्का छ ।

तर, उषा भने आफूलाई मेन्टेन गर्न कत्तीपनि ध्यान दिइरहेकी छैनन् । उनी उषा केही दिन अगाडि भारतको गोवा पुगिन् । गोवा पुगेर उनले विकिनीमा आफ्नो हट अवतार प्रस्तुत गरिन् । विकिनीमा प्रस्तुत भएपछि उनका विभिन्न ट्रोल समेत बनेका छन् ।

यो बिषयमा मिडियासँग कुरा गर्दै उनले भनिन्–‘समुन्द्र हेर्न मन लागेको थियो । समुन्द्रको पानी कसरी निलो हुन्छ भन्ने वुझ्न मन लागेको थियो । समुन्द्रमा पुगेपछि विकिनी लगाउनु सामान्य हो । तर, बलिउड वा हलिउडका नायिकाले लगाउँदा कती राम्रो भनेर प्रशंसा गर्ने अनी नेपाली मोडल वा नायिकाले लगाउँदा गाली गर्ने, यो कस्तो तरिका हो ?’

उनले, आफूले गल्ती नगरेकाले यस्ता कुराले खासै असर नपर्ने समेत दाबी गरिन् । भनिन्–‘मलाई यस्ता कुराले केही पनि फरक पर्दैन । जबसम्म म सही हुन्छु तबसम्म मिडियामा आउने खबरले मलाई कुनै असर नै गर्दैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email