प्रेमगीत ३ को २ दिनमा कमाई विश्वभर १४ करोड भन्दा माथी नेपाली रुपैया

फिल्म ‘प्रेम गीत ३’ को दुई दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रेम गीत ३ ले दुई दिनमा विश्वभरबाट ८ करोड ७९ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ ।
प्रदर्शनको पहिलो दिन विश्वभरबाट ४ करोड ८४ लाखको व्यापार गरेको फिल्मले दोश्रो दिन ३ करोड ९५ लाखको ग्रस व्यापार गरेको निर्माण पक्षले सार्वजनिक गरेको व्यापारिक रिपोर्टमा उल्लेख छ । फिल्मले भारतमा मात्रै शुक्रबार १ करोड १२ लाखको ग्रस कलेक्सन गर्यो । शनिबार भने ८३ लाखको मात्रै कलेक्सन गर्यो ।
यस्तै नेपालमा फिल्मले शुक्रबार २ करोड ५ लाख र शनिबार २ करोड २० लाखको व्यापार गरेको रिपोर्ट छ । ओभरसिजबाट फिल्मले शुक्रबार १ करोड ६७ लाख र शनिबार एक करोड २३ लाखको ग्रस कलेक्सन गरेको रिपोर्ट छ । हिन्दी भाषामा समेत डव भएर नेपाल र भारत सहित अन्य मुलुकमा रिलिज भएको प्रेम गीत ३ को दुई दिनको व्यापार आक्रमक हो ।
आक्रमक इनिसियल कलेक्सन गर्न सफल ‘प्रेम गीत ३’ को आइतबार भने व्यापारमा गिरावट आएको छ । वर्ड अफ् माउथ कमजोर बन्दा फिल्मको आगामी व्यापार आक्रमक नबन्न नसक्ने विश्लेषण छ । ‘प्रेम गीत ३’ को हिन्दी भर्सन भने घटस्थापनादेखि रिलिज हँदैछ ।
सन्तोष सेन निर्मित फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत लगायत कलाकारहरुको अभिनय छ । फिल्मलाई निर्माता सेन र स्व.छेतेन गुरुङ मिलेर निर्देशन गरेका छन् ।