News

बालेनको अभियानमा अदालत बाधक बन्नु ठिक कि बेठिक ? आफ्नो मत ब्यक्त गर्नुहोस

अदालतले टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन भन्दै आदेश दिएको छ । उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउन सुरू गरेपछि उच्च अदालत पाटनले आइतबार यस्तो आदेश गरेको हो ।

न्यायाधिश दीपेन्द्रबहादुर बमको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालतले दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने आदेश भएको जनाएको छ ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो । तीनवटा कम्पनीले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे-नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email