News

सन्दिप लामिछानेलाई मुद्दा हाल्ने युवती भन्दै सामाजिक संजालमा भाइरल भैरहेकी युवती को हुन् ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती क’रणीको मुद्दा परेको छ । उनि माथि एक किशोरीले क’रणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी छिन ।पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज भएका थिए ।एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो ।लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि जबर्जस्ती क’रणी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको बताएकी छिन् ।

त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उजुरीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई जबर्जस्ती क’रणी गरेका हुन् ।

उक्त किशोरीको बारेमा कहिँ कतै केहि खुलाइएको छैन तर फेसबुकमा भने विभिन्न महिलाहरुको तस्विर सन्दिप लामिछानेसंग जोडेर पिडित महिला भन्दै भाइरल पनि भैरहेका छन्। सन्दिपको फोटोमा जोडीएर भाइरल भैरहेका पिडित भनिएका महिलाहरु वास्तविक पिडित भने हैनन।

पिडित भनिएकी नाबालिककको बारेमा गोपनियताको आधारमा केहि पनि खुलाइएको छैन। सामाजिक सञ्जालमा सन्दीप लामीछानेलाई केश फाईल गर्ने किशोरी यही हाे भनेर भनेर फेक न्युज फैलाइएको छ। सामाजिक संजालमा भाइरल बनाइएकि युवती एक मोडल हुन ।

उनको नाम Vanessa Rhd हो र उनि स्पेन बार्सिलोनाकी १९ वर्षीया पपुलर फेसन मोडल हुन। पहिला पनि एक विदेशी महिलाको फोटो हालेर उनलाई नै मिनोर भनेर हल्ला फैलाइएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email