News

सन्दीप प्रकरणः बाहिरियो कानुनी खेल, नाबालिगलाई हुनसक्छ जेल !

। उनीमाथि लागेको आरोपललाई लिएर पक्षविपक्षमा सामाजिक सञ्जालमा मत बाझिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुल्ने नै छ ।

प्रहरीले पक्राउ पुर्जी समेत जारी गरिसकेको छ । एयरपोर्टबाटै सन्दिपलाई पक्राउ गर्ने भनिसकेको छ । क्रिकेटर लामिछानेमाथिको बलात्कार आरोपका विषयमा चौतर्फी चर्चा भइरहेको बेला अबको कानुन प्रक्रिया र सजायबारे समेत चासो राखिएको छ । समर्थकहरुले सन्दीप बच्नसक्ने कानुनको खोजिसमेत गरिरहेका छन् । सन्दीपमाथिको कानुनी प्रक्रिया कसरी बढ्ने होला भनेर चासो बढेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तानसमेत रहेका बलात्कार आरोपी सन्दीप लामिछाने स्वदेश फर्किने भएपछि विमानस्थलमा प्रहरी तैनाथ छ । मंगलबार रातिनै १७ बर्षीया नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएपछि उनी प्रहरीको वान्टेड सूचीमा थिए ।

अहिले क्यारेबियन प्रिमिएर लिग (सीपीएल) खेल्न जमाइकामा रहेका सन्दीपको बाटो पर्खिएर प्रहरी बसेको छ । तर सन्दीपले आफ्नो स्टारडमको दुरुपयोग गर्दै आफ्नी ‘फ्यान गर्ल’माथि जबरजस्ती करणी गरेको आरोपले देशभर तरंगमात्रै ल्याएको छैन, अब कानुनी प्रक्रिया कसरी अघि बढ्छ र सन्दीपलाई के कारबाही हुन्छ ? आमचासोमा छ ।

बलात्कार सम्बन्धी मुद्धा लड्दै आएका र यसअघि यस्तै सजाय पाएका अभिनेता पल शाहको मुद्धा पनि लडेका वरिष्ठ अधिवक्ता लभ मैनाली अब सन्दीपमाथिको जाहेरी सरकारवादी बनेको बताउँछन् । जाहेरीकर्ता किशोरीले आफुसँग भएका प्रमाण दिने र साक्षी मात्र भएर बस्ने उनको भनाइ छ । अब मुद्धा फिर्ताको सम्भावना पनि हुँदैन । तर अनुसन्धानका क्रममा प्रमाण पुगेन वा झुटो देखिन आएको खण्डमा मुद्धा फिर्ता पनि हुनसक्छ ।

अहिले नाबालिगले लगाएको आरोपमाथि प्रहरीले छानबिन गरिरहेको छ । अनुसन्धानमा देखिएका घट्नाक्रमलाई प्रहरीले प्रमाण बनाउनेछ । प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछ ।

अदालतमा थुनछेक बहस सकिएपछि पेस भएका सबुत प्रमाणको आधारमा अदालतले साधारण तारेखमा छाड्न, धरौटीमा रिहा गर्न वा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनेछ । आरोपका पक्षमा प्रमाणहरु पुगे मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार दोषी ठहर भई सन्दीपले १२ बर्ष जेल सजाय पाउनेछन् । यद्यपी अनुसन्धानका क्रममा प्रमाण पुगेन वा आरोपीले सफाई पाए भने जाहेरीकर्ता नाबालिगलाई पनि तीन महिनासम्म कैद वा ५ हजार जरिवाना हुनेछ ।

तर यतिबेला नाबालिगमाथि समेत प्रश्न उठिरहेका छन् । सहमतिमै भएका कतिपय सम्बन्धलाई बलात्कारको नाम दिएर फसाउने ट्रेण्ड पनि चलिरहेकाले नाबालिग भनिएकी किशोरीमाथि प्रश्न उठेको हो । तथापी बलात्कारजस्तो संवेदनशिल विषयमा किशोरमाथि प्रश्न उठाएर अनुसन्धानलाई दख्खल दिने काम कतैबाट नहुनुपर्ने महिला अधिकारकर्मीहरु बताउँछन् ।

नेपालको कानुन अनुसार १८ वर्षमुनिका किशोरी वा बालिकासँग शारीरिक सम्बन्ध हुनु स्वतः बलात्कार ठहरिने भएपछि सन्दीप संकटमा छन् । अभिनेता पल शाहको घटनाबाट पाठ नसिक्नु उनको कमजोरी बनेको छ । भिडियो स्रोतः योहो टिभी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email