७ घण्टा देखि हातमा फूल लिएर प्रदीपलाई कुरेकी युवती भेट्ने बित्तिकै यसरी भक्कानिइन (हेर्नुस भिडियो)

चलचित्र टिम आउने भएपछि नेपालगन्जको क्युएफएक्स सिनेमाज बागेश्वरी हलमा नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई भेट्न आउने दर्शकको भिड खचाखच थियो। कलाकार टिम २ बजे हलमा आउने भनिएपनि साँझ ७ बजेसम्म टिम आउन सकेको थिएन।
नेपाल लगायत विश्वभर नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ स्टारर चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शन भइरहेको छ। चलचित्रको टिमले पनि विभिन्न शहरमा पुगेर हल भिजिट कार्यलाई निरन्तरता दिइरहेको छ। नेपाल फर्किएलगत्तै चलचित्र टिम नेपालगन्ज पुगेको थियो। त्यसो त, शनिबार चलचित्र टिम नेपालगन्ज आउँदैछ भन्ने खबर यत्रतत्र सर्वत्र फैलिसकेको थियो।
धेरै दर्शक त कुर्दाकुर्दा थकित भएर घर फर्किसकेका थिए।भने, अधिकांश दर्शक साँझसम्म हल प्राङ्गणमै कुरेर बसेका थिए। अन्ततः प्रदीप खड्काको टिम करिब ८ बजे हल परिसरमा आइपुगेको थियो। जब कलाकार टिम हल भित्र प्रवेश गर्यो तब दर्शकको भिड कलाकार तिर झुम्मिएको थियो। सयौं युवायुवतीले प्रदीप र कृष्टिनालाई घेरेका थिए।
सयौंले सेल्फी लिए, सयौंले भिडियो खिचे। त्यही भिडमा एक युवती थिइन, जसले प्रदीपलाई भेट्नकै लागि ७ घण्टादेखि गुलाबको फूल हातमा लिएर पर्खिरहेकी थिइन। ति युवती हुन् सन्ध्या रसाइली। हाल नेपालगन्जमा बस्दै आइएकी उनी शनिबार बिहान ८ बजेको शो हेरिसकेपछि हातमा फूल लिएर प्रदीप खड्काको पर्खाइमा थिइन् ।
पर्खिँदा पर्खिँदा थकित भएकी सन्ध्याले अन्ततः प्रदीप हलभित्र प्रवेश गर्नेबित्तिकै प्रदीपलाई अंगालो हाल्दै रोएकी थिइन। प्रदीपको अंगालोमा बाँधिएर रुने युवतीहरुको संख्या धेरै थियो। धेरैले भेटेर फोटो समेत खिचेका थिए।भने धेरैले टिकटक भिडियो समेत बनाउन भ्याए।
त्यसो त, कृष्टिनाको क्रेज पनि गजबकै थियो। बाक्लो भिडमा प्रदीपसंगै कृष्टिनालाई जोगाउन सुरक्षाकर्मीलाई जोगाउन हम्मेहम्मे समेत परेको थियो। प्रदीप, कृष्टीनाका अलवा चलचित्रका निर्माता एवम् निर्देशक सन्तोष सेनले चलचित्र हेरिरहेका दर्शकसंग समेत साक्षात्कार गरेका थिए।
बाक्लो भिड, सबैको मुखबाट “प्रदीप-कृष्टिना” आवाजले हलनै त्तातिएको थियो। जे होस्, दर्शकको बाक्लो उपस्थितिले ‘प्रेमगीत ३’ यूनिट खुशीले दंग थियो। शनिबार नेपालगन्जमा चलचित्रले ९ शो पाएको थियो। सबै शोहरु हाउसफुल हुन सफल भएका थिए।