जमैकाबाट हिडेको दुई दुईनसम्म पनि काठमाडौं आइपुगेनन् सन्दीप, आखिर कहाँ गए ऊनी ?

काठमाडौं : बलात्कार आरोप लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने जमैकाबाट हिडेको दुईदिनसम्म पनि काठमाडौं आइपुगेका छैनन् ।
क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।
लामिछानेले नेपालको कानुन मान्ने भन्दै आरोपको सामना गर्न तयार रहेको बताएका थिए । तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी कहाँ गए भन्ने जनचासो बढेको छ । लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्यागमन सुरक्षा कार्यालयले जनाएको छ । उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ ।
नेपाल आएलगत्तै फक्राउ गर्न उनलाई कालो सूचीमा राखिएको अध्यागमन सुरक्षा अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार सुरक्षा निकायलाई अलर्ट राखिएको छ । प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।
लामिछानेमाथि १७ वर्षीया किशोरीलाई जर्बस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत मंगलबार पाीडितका तर्फबाट गौशाला प्रहरीमा जाहेरी दर्ता भएको थियो । लामिछानेविरुद्ध जिल्ला अदालत काठमाण्डुले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ ।
प्रमाणका रुपमा प्रहरीले उनी किशोरीसहित बसेको नगरकोट र काठमाडौंको होटलका सिसिटिभी दृष्य संकलन गरिसकेको छ । लामिछानेलाई क्यानले बिहीबार निलम्बन गरेको थियो ।