News

२ मिनेट समय दिएर अवश्य पढ्नुहोला “आफ्नो छोराछोरीलाई आमाबुबा बोझ हुन सक्छन्।तर आमाबुबाको लागि छोराछोरी कहिल्यै बोझ हुँदैनन् ।”…एकपटक अवश्य पढ्नुपर्ने यो हृदय बिदारक मन छुने कथा!

बुबा अचानक बिहान ९ बजे चितवन माडिबाट भरतपुर घरमा आइपुग्नुभएको देखेर श्रीमती हडबडाउँदै तल गेट खोल्न गइन , लाग्छ तिम्रो बुबालाई पैसाको खाचो परेर बिहानै आइपुगे.. नत्र यति बिहानै किन आउथे र यहाँ.. त्यसैपनी तिम्रो बुबा खाचो बिना किन आउथे र ।

आफ्नो र छोराछोरीको पेट कसरी भरौ भएको बेला घरपरिवारलाई कहाँबाट पुर्‍याउँछौ पैसा? उनको कुरा सुनेर म आँखा घुमाउँदै अन्य ठाउँ हेर्न थाले । बुबा हात मुख धुएर गाडिको यात्राको थकान मेट्न थाल्नुभयो ।यो पटक मसँग अलि कम नै पैसा थियो ।ठूलो छोराको जुत्ता फाटिसकेको थियो उ दिनहु स्कुल जानू अगाडि मलाई नयाँ जुत्ता ल्याइदिनु भन्ने गर्थ्यो।

श्रीमतिको औसधि उपचारको लागि सबै औसधि ल्याएको थिइन । बुबालाई पनि यहिँबेला आउनुपर्ने..घरमा सबैजना चुपचाप थिए ।श्रीमती दुर्गाले खाना खानको लागि इसारा गरिन ,बुबाछोरा बसेर खाना खायौं । खाना खाइसकेपछी, बुबाले मलाई नजिक बस्नको लागि इसारा गर्नुभयो ।

म संकामा थिए कि केहि आर्थिक समस्या लिएर आउनुभएको हुनुपर्छ ।बुबा सोफामा बस्नुभयो कुनै चिन्ता बिना …। “सुन” भनेर उहाँले मेरो ध्यान आफू तिर तान्नुभयो। म सास रोकेर उहाँको मुखतिर हेर्न थाले।कान ठाडो पारेर उहाँको अघिल्लो वाक्य सुन्नको लागि पर्खाइमा थिए।

बुबाले भन्नुभयो..खेतिको कामले घन्टाभर पनिफुर्सद पाएको थिइन ।म बेलुकाको गाडीमा फर्किन्छु नत्र तेरि बुढी आमा एक्लै हुन्छे…३ महिनादेखि तिमरुको केहि खोजिखबर चिठी फोन आको थिएन , म बूढो कान सुन्दिन , आमाले टिकटिके मोबाइल बोकेकी छ कहिले चार्जमा लगाउछे कहिले महिनादिनसम्म लगाउदिन ।

जब तँ निराश हुन्थिस तँलाई केहि नराम्रो आइपर्थ्यो तब तँ यस्तो हर्कत गर्थिस । उहाँले गोजिबाट सय-सयको नोट. सय वटा मिलाएर मतिर हात बढाउनु भयो, राख पैसा. तँलाई काम लाग्छ।धान भान्टा कोपि तरकारी राम्रोसँग फल्यो ,घरमा कुनै समस्या छैन ।

तँ धेरै कमजोर भैछस राम्रोसँग समयमा खाने पिउने गर , बुहारी नातिनातिनाको पनि ध्यान राख । म केहि बोल्नै सकिन शब्द मेरो रुद्रघण्टीबाट बाहिर निस्कन सकेकै थिएन । म केहि बोल्नु अगाडि बुबाले प्रेमपुर्वक गालिगर्नुभयो “ला पैसा राख. धेरै ठूलो भैस कि क्याहो?” हैन भन्दै मैले हात अगाडि बढाए बुबाले पैसा मेरो हातमा राख्दिनुभयो । बर्षौ पहिला बुबाले मलाई स्कुल पठाउनको लागि यसैगरी हातमा आठाना को ढक दिने गर्नुहुन्थ्यो ।

तर त्यतिबेला मेरो नजर .. आजको जसरी झुकेको हुदैन थियो। साथिहरु एउटा कुरा हमेसा याद राख्नुहोस..”आफ्नो छोराछोरीलाई आमाबुबा बोझ हुन सक्छन् । तर आमाबुबाको लागि छोराछोरी कहिल्यै बोझ हुँदैनन् ।” सम्पुर्ण आमाबुबामा समर्पित 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email