News

हार्दिक बधाई !! हरिचन्द्र गिरीले १२.६५ सेकेन्डमा हातले टेकेर भर्‍याङका ५० खुड्किला पार गरेर विश्व! रेकर्ड राखेका छन् | (भिडियो हेर्नुहोस्..)

हरिचन्द्र गिरी ७-८ बर्ष देखिनै हातले टेकेर लामो समय उभिन र हिड्न सक्थे ।त्यो कला उनले निखार्दै लागे ।अहिले उनि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन्।

हातले भुईमा टेकेर भर्‍याङका खुड्किला पार गर्ने विधामा आफ्नो नाम राखेका छन्।हातले टेकेर भर्‍याङको ५० ओटा खुड्किला पार गर्ने बिस्वकै सबै भन्दा कम समयमा गरेर आफ्नो र देशको नाम बिस्वमा राखेका छन् ।

यो भन्दा अगाडीको रेकर्ड स्विजरल्याण्डका केभिन डेलकोको नाम मा थियो ।उनले पहिला १४.५८ सेकेन्डमा पार गरेर रेकर्ड उनको नाममा थियो भने अहिले हरिचन्द्र गिरीले १२.६५ सेकेन्डमा पार गरेर त्यो रेकर्ड आफ्नो नाममा कायम गरेका छन्।

गाउघरमा सबैले उनलाई उल्तोगरी हिड्ने मान्छे भनेर चिन्दछन गिरि अहिले नेपाली सेनामा सिपाही पदमा कार्यरत छन् ।

भिडियो:

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email