News

बालेनको वाहीवाहीमा पुजा शर्माको ‘नोट अफ डिसेन्ट’, ४९ सेकेण्डको भिडियो भयो भाइरल (भिडियोसहित)

काठमाडौं । केही दिन अघि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कार्यकालको १०० दिन पुगेको सन्दर्भमा स्पष्टिकरण दिए । सामान्यतयाः १०० दिन पुगेको अवसरमा आफ्ना उपलब्धीहरु सार्वजनिक हुने गरेको भएपनि बालेनले भने यसबीच भएका केही विवादहरुका विषयमा स्पष्टिकरण दिए ।

प्रमुख शाहले फूटपाथ, यमबुद्धको शालिक, विज्ञलााई १ करोड दिनेदेखि नर्भिक अस्पतालमा अवैध संरचना हटाउने विषयमा स्पष्टिकरण दिएका थिए । ‘हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ,’ उनले भनेका थिए ।

उनले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको भन्दै त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरुलाई फरक पार्ने बताएका थिए ।

‘मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौं । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केही सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ,’ उनले उल्लेख गरेका थिए ।

यसैबीच, अहिले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह उर्फ बालेनको नेतृत्वमा भइरहेका महानगरभित्रका विकास, निर्माण, सुशासन लगायतका गतिविधीको जनस्तरबाट खुलेर वाहीवाही भइरहेको छ । केही बाहेक हरेक तह र तप्काबाट बालेनलाई दह्रो साथ र समर्थन मिलिरहेको हो ।

तर चर्चित अभिनेत्री पुजा शर्माले बालेनको वाहीवाहीमा फरक मत राखेकी छन् । उनले बालेनको वाहीवाहीलाई अस्वभाविक भनेकी छन् । नायिका शर्माले एक चर्चित टेलिभिजन अन्तरवार्ताका क्रममा बोलेको ४९ सेकेण्डको भिडियो क्लीप सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

उक्त भिडियो क्लीपलाई लिएर बालेन समर्थकहरुले कडा टिप्पणी समेत गरेका छन् । नेपालमा कति वटा जिल्ला र अञ्चल छन् भन्ने सिकेर आउन र त्यसपछि यस्तो अभिव्यक्ती दिन भनेर धेरैले पुजालाई सुझाएका छन् ।

मेयर बालेनले जे गर्नुपर्ने हो त्यो गरेका छन्, मेयरको काम फोहोर उठाउने फोहोर उठाउने हो तर वाहीवाही किन ? हामी कहाँ छौ भन्दै अभिनेत्री शर्माले प्रश्न उठाएकी छन् । नेताले मेयरले विकास गर्दा समेत सक्ड हुने अवस्थामा नेपालीहरु हुनु दुःखद कुरा भएको उनको भनाई छ ।

जिम्मेवारीभित्र रहेर गर्नुपर्ने चिजलाई पनि वाहीवाही दिइराका छौ भने हामी कुन चाहि ठाउँमा छौ, शर्मा अगाडी भन्छिन्, म कलाकार होनी अभिनय गर्ने मेरो कामै होनी, जस्तो ड्राइभरले गाडी चलायो भनेर वाहीवाहीको कुनै आवश्यकता हुदैन् किनकी गाडी चलाउने उसको कामै हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email