News

बालेनले नभ्याएको काम सुनिताको जिम्मामा, दशैंको मुखमा सुनिताको एक्सन सुरु

बालेनले नभ्याएको काम सुनिताको जिम्मामा, दशैंको मुखमा सुनिताको एक्सन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि बजार अनुगमन गर्ने भएको छ । चाडपर्व आएसँगै बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै काठमाडौं महानगरले बजार अनुगमन गर्ने तयारी थालेको हो ।

महानगरकी उपप्रमुख सुनिता डंगोलले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी बजार अनुगमन गर्न लागिएको जानकारी दिइन् । बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगतरुपमा अनुगमन गर्ने निर्णय गरेको हो ।

अनुगमनका क्रममा माछा मासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछन् ।

उपप्रमुख डंगोलले इकान्तिपुरसित भनिन्, ‘हिजो हामीले सरोकारवालासँग समन्वय बैठक बस्‍यौं । बजार अनुगमन सबै संस्थाले छुट्टाछुट्टै गर्दा नतिजा पनि नआउने र व्यवसायीहरु पनि झन्झट मान्ने हुँदै एउटा टिम बनाएर अनुगमन गर्ने निर्णय भएको छ । ‘

बैठकले दसै‌ं लक्षित गरेर बजार अनुगमनका लागि विभिन्न क्लस्टरहरु पनि छुट्याएको उपप्रमुख डंगोलले जानकारी दिइन् । ‘फेस्टिभल समयमा अरु धेरै अनुगमन हुने भएकाले क्लस्टर बनाएपछि को कता अनुगमन गर्ने जाने भन्ने सजिलो पनि हुन्छ र सबै क्षेत्रमा अनुगमन पनि हुन्छ,’ उनले भनिन् ।

बजार अनुगमनका लागि निरोधात्मक, उपचारात्मक र प्रवर्द्धनात्मक तरिकाबाट जाने निर्णय भएको उनले बताइन् । जस अनुसार व्यवसायीलाई जानकारी र सचेत गराउने, सचेत गराउँदा पनि लापरबाही गर्नेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नेसम्मका योजना रहेको उनले जानकारी दिइन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका, नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ) स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ ।

वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Follow by Email