News

घर जति तले होस घर भन्दा टुकुचा खोलाको महत्व धेरै छ तेसैले ५८८ वटै घरमा डोजर चल्छ ; काठमाडौं माहानगर

घर जति तले होस घर भन्दा टुकुचा खोलाको महत्व धेरै छ तेसैले ५८८ वटै घरमा डोजर चल्छ ; काठमाडौं माहानगर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कामको एक पछि अर्को प्रशंसा चुलिरहेको छ । भूमाफियाहरुको कब्जामा परेर बर्षौ देखी हराइरहेको टुकुचा खोलाको खोजीमा डोजर चलाए पछि बालेनको चर्चा फेरी शिखरमा पुगेको छ ।

भूमाफियाहरुले खोलै गायब बनाएर गरेको कालो धन्दा बालेनले छताछुल्ल पारिदिएका छन् । टुकुचा खोला खोज्ने बालेनको हिम्मतलाई मान्ने पर्छ भन्दै विरोधीहरुले समेत प्रशंसा गर्न थालेका छन् । केहि दिन अघि जय नेपाल हलको आगनमा डोजर चलाएर काठमाडौँ महानगरपालिकाले पुरीएको टुकुचा खोला फेला पारे पछि अहिले यहि बिषयले बजार तताएको छ ।

अहिले दिनहुँ बालेनको डोजर टुकुचा खोला खोज्न जय नेपाल आसपास खटिएको छ । सानो तिनो हिम्मतले भने बालेनको यो काम पक्कै गरिरहेका छैनन् । टुकुचा खोला माथी बनेका ५८८ वटा साना ठुला घर भत्काउन पर्ने देखिएको छ । त्यसका लागी तयार भएरनै बालेनले यो हिम्मत गरेका छन् ।

बुढानिलकण्ठदेखि सुरु हुने टुकुचा खोला थापाथलीको कालमोचनबाट वागमतीमा मिसिन्छ । यसको लम्बाई साढे ५ किलोमिटर रहेको छ । यही टुकुचा खोला वर्षौंदेखि अतिक्रमण भएको थियो । खोलामाथि अनेक संरचना बनेका छन् । यी संरचना हटाएर खोलालाई खुला गर्न महानगरलाई सजिलो छैन ।

महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ । टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त ?अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन् । अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ ।

महानगरले अहिले मिचिएको खोला खुलाउन सक्रिय भएको छ । टुकुचा खोला पत्ता लागेसँगै मिचिएको ४ सय ५० मिटर खोला पहिलेकै अवस्थामा फर्किन्छ त ?अहिले जहाँ खोला भेटिएको छ, त्यहाँ ठूला-ठूला व्यापारिक भवनहरु छन् । अहिले थोरै मात्र भेटिएको खोला त्यतिकै छोड्ने कि सुरुदेखि नै मिचिएको ठाउँबाट खाली गराउने भन्ने चुनौती महानगरलाई छ ।

जय नेपालहलदेखि काठमाडौं प्लाजासम्म ४ सय ५० मिटर खोला गायब छ । काठमाडौंमा महानगरपालिकाका यसअघिका नेतृत्वलाई खोला गायव भएको थाहा नभएको होइन । विगतमा पटकपटक खोला भएको संरचना हटाउन महानगरले भनेको थियो । तर यसमा गम्भीर ताकेता गर्न सकेन ।

महानगरमा बालेन साह आएपछि टुकुचाको खोजीमा जुटेका ुहन् । महानगरले सूचना जारी गरेर टुकुचा खोलाको अतिक्रमण खुलाउन समय दिएको थियो । सूचना जारी गरेलगत्तै साहले खोला कहाँबाट मिचिएको हो भनेर विज्ञहरुसँग छलफल गरेका थिए । त्यही क्रममा शहरी विकास मन्त्रालयको उपत्यका विकास प्राधिकरणले करिडोर बनाउन अध्ययन गरेको थियो ।

बोनाफाइड इञ्जिनियरिङ कन्सल्टेन्सी प्रालिले तयार पारेको उक्त पूर्वसम्भाव्यता प्रतिवेदनमा टुकुचा खोला कहाँ कसरी मिचिएको भन्ने प्रष्ट देखिन्छ । सोही प्रतिवेदनलाई आधार मानेर मेयर साहको टोलीले टुकुचा खोला कहाँबाट गायब भएको हो भनेर खोजी गरेको हो । त्यसमा स्थानीयले पनि साथ दिए । टुकुचा खोला फर्काउन महानगरले विभिन्न चरणमा काम थालेको छ ।

मेयर बालेनको सचिवालय सदस्य सुनिल लम्सालले सुरुमा खोला कतादेखि मिचिएको हो भन्नेमा धेरै अलमलमा परेको बताए ।उनले भने, ‘हिजो हामीले फर्स्ट फेजमा टुकुचा छ कि भनेर जहाँ टि मार्क गरेका थियौं, त्यहाँ नै खन्दा भेटियो ।

महानगरले जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म (४ सय ५० मिटरमा) मिचिएको ठाउँमा पर्ने घरहरुलाई खाली गर्न सूचना दिइसकेको छ । अहिले महानगरले खोलामा पर्ने घरहरुमा रेखांकन गर्दैछ । रेखांकन गरिसकेपछि साइट क्लियर गरिने सचिवालय सदस्य लम्सालले बताए ।

उनले भने, ‘बीचमा जति पनि घरहरु पर्छन्, उहाँहरुलाई सुचना दिइसकेका छौं । पहिला साइट क्लियरेन्स गर्छौं । रेखांकनहरु गर्दैछौं । रेखांकन गरेर त्यसलाई क्लियर गर्छौ ।’लम्सालका अनुसार १२ मिटर क्लियर गरेपछि टुकुचा खोल्ने महानगरको योजना छ । त्यसको लागि ठेक्का खुलाउन योजना पनि बनाइसकेको छ । ठेक्का प्रक्रिया छिटै अघि बढिहाल्ने उनले उल्लेख गरे । त्यसपछि व्यवस्थित रुपमा टुकुचा करिडोरको रुपमा विकसित गर्ने योजना महानगरसँग रहेको उनले बताए ।

पहिला खोला कम्तिमा १२ मिटरदेखि ५० मिटरसम्म चौडा थियो । स्थानीयका अनुसार खोला एकदमै ठूलो थियो । खोलालाई पूर्ववत अवस्थामा फर्काउन नसके पनि त्यसलाई एउटा करिडोर खोलाको रुपमा पहिलाको पूर्ववत अवस्थामा फर्काउने काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बताइन् ।

खोला खाली गराएर करिडोर बाटो बनाउने र करिडोर बाटोको मुनि ढलहरु खोलामा मिसिन नदिनका लागि सबै योजना तयार गरेको महानगरको दाबी छ । डंगोलका अनुसार कार्यन्वयनमा लग्ने तयारी भइरहेको छ ।

अब बीचमा पर्ने घरहरु भत्काउने तयारी छ महानगरको । तर कसले खोलालाई व्यक्तिको नाममा पास गरिदियो भन्ने इतिहास खोज्नु पर्नेछ महानगरले ।सचिवालय सदस्य लम्साल भन्छन्, ‘खोलालाई जसले यो अवस्थामा पुर्यायो तिनीहरुलाई पनि कारबाहीको प्रकिया अगाडि बढाएका छौं । यो भनेको गैरकानुनी काम हो । खोलालाई दुनियाँमा कहि पनि यसरी मिच्न पाइँदैन । बिगार्न पनि पाइदैन ।

जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म ५ सय ८८ वटा घरले खोला मिचेको फेला परेको महानगरले जनाएको छ । ती सबै घरहरु हटाउने लम्सालले बताए ।उनले भने, ‘खोला मिचिएको ठाउँमा क्लियर नै गर्छौं । घरले पुरै मिचिएको रहेछ भने पुरै घर भत्काउनै पर्यौ । कसै(कसैको थोरै थोरै भत्किन्छ । कुनै-कुनै घरको अलि धेरै क्षति हुन सक्छ ।

अब टुकुचा खाली नहुँदासम्म काम निरन्तर चल्ने लम्सालले बताए ।अब घरहरु प्वाल पार्नुपर्यो । भित्ताहरु फोड्नुपर्यो । मेसिनले भत्कायो भने घर नै ढल्ला । खोला हामीले पुरै खोल्छौं । खोला पूर्ववत अवस्थामा नै फकाउँछौं । त्यसमा हामी दृढ छौं ।’ उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email