ए क्लास राणाको छोरा चोलेन्द्र बल्ल आए फममा, प्रचण्ड र देउवालाई एक सटमै पारिदिए ना’ङ्गेझार !

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा जबराले ऐतिहासिक हिम्मत देखाएको भन्दै विभिन्न तह र तप्काबाट उनको प्रशंसा भइरहेको छ । राजनीतिक दाउपेचकै कारण आफूमाथि गम्भीर षडयन्त्र रचिएको भन्दै चोलेन्द्रले एकएकको भण्डाफोर गर्न थालेका हुन् । चोलेन्द्रले गठबन्धनका शीर्ष नेता देशकै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक डाइलगमै नाङ्गेझार बनाएका छन् । आफूमाथि महाभियोग आउनुको भित्री कारण सार्वजनिक गर्दै चोलेन्द्रले देउवा र प्रचण्डको मुखुण्डो उतारिदिएका छन् ।
चोलेन्द्रले एकएकको पोल खोल्न थालेपछि राजनीतिक वृतमा तरंग पैदा गरेको छ । चोलेन्द्रलाई धेरैले ए क्लास राणाको छोराले हिम्मत देखायो है भन्न थालेका छन् । चोलेन्द्रले आफूलाई राजीनामा दिए महाअभियोग फिर्ता लिन गठबन्धनका नेताहरूबाट प्रलोभन दिइएको बताएका छन् ।
संसदको महाअभियोग छानबिन समितिमा बयानका क्रममा आइतबार जबराले आफूपछिको न्यायाधीश दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउने बाटो खोल्न आफ्नो राजीनामाका लागि दबाब आएको बताए । उनले सत्ता गठबन्धनका नेताहरू शेरबहादुर देउवा र पुष्पकमल दाहालको तर्फबाट राजीनामा दिएपछि महाअभियोग फिर्ता लिने प्रस्ताव लिएर कांग्रेस नेतृ डिना उपाध्याय आफ्नो क्वार्टरमा आएको बताए ।
जबराले भने, ‘राजीनामा गर्ने हो भने हामीले महाभियोग फिर्ता लिइदिन्छौं । एक÷डेढ महिना तपाइँ चलाउनुहोस्, त्यसपछि दीपक (कार्की) लाई दिनुहोस् भन्न शीर्ष नेता नै आएका थिए । प्रचण्ड र शेरबहादुर देउवालाई सोधेर आएको भन्दै डिना (उपाध्याय) जी मेरो क्वार्टरमै आएर भन्नुभएको हो । उहाँलाई सोध्दा हुन्छ ।’
सत्ता गठबन्धनले आफ्नाविरुद्ध अविश्वास र षड्यन्त्र गरेको उनले आरोप लगाए । ‘प्रधानन्यायाधीशप्रति गठबन्धनले अविश्वास गरेकै हो । षड्यन्त्र गरेकै हो । त्यो षड्यन्त्रमा सर्वोच्चका न्यायाधीश फसेकै हुन् । नेपाल बार एसोसिएसनलाई परिचालन गरिएकै हो,’ उनले भने ।
उनले केही वकिलले न्यायाधीशका आफ्ना मानिसलाई गरेको सिफारिस आफूले नमानेका कारण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आफ्नाविरुद्ध उजुरी दिइएको भए पनि अब त्यो विषय सक्किसकेको बताए ।
‘ओमप्रकाश (काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल) जी सम्पत्ति शुद्धीकरण विभागमा जानुभएको थियो । बारको तत्कालीन अध्यक्ष चण्डेश्वर (श्रेष्ठ) जीले पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन दुईचोटी सिफारिस गर्नुभएको थियो, दुबैचोटी मैले इन्कार गरेको हो । पुनदेवी महर्जन ओमप्रकाश अर्यालजीको अर्धाङ्गीनी हो । यति भन्दा नै पुगिहाल्छ,’ जबराले भने ।
आफूले महर्जनलाई न्यायाधीश बनाउन अस्वीकार गरेपछि अर्यालको नेतृत्वमा सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिइएको जबराले दाबी गरे । ‘प्रधानन्यायाधीश चोलेन्द्र र उसको परिवारलाई जतिसक्यो बदनाम गर्ने र राजीनामाका लागि बाध्य पार्ने योजना बमोजिम यो सबै आएको हो,’ उनले भने,‘सबै न्यायाधीशलाई डर र धम्की दिइएको छ । सामान्य व्यक्ति भएको भए यत्रो आरोप लाग्दा भागिहाल्थ्यो । म भागिनँ । संविधान बमोजिम जनताको अदालतमा आएँ ।’
यस्तै जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्। खआइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै पठाउने गरेको बताएका हुन्। न्यायाधीश नियुक्तीमा अनुचित ढिलासुस्ती गरेको आरोपको राणाले खण्डन गरे।
‘कहिले कहिले परिस्थिति त्यस्तै बन्छ। खुल्ला रुपमा भन्दा फेरि प्रश्नहरु बाहिर जान्छन्। हामी खुल्ला समाजमा छौं। जनताको अदालतमा भनिएन भने पनि जनताको आकांक्षा भन्दा फरक हुन्छ। हरेक नियुक्तीमा राजनीतिक भागबण्डा हुन्छ। उहाँहरुको चाहना हुन्छ। हरेक नियुक्तीमा बारका पदाधिकारीको चाहना छ। हरेक पार्टीले सिफारिसै गरेर पठाएका हुन्छन्। यो न्यायाधीशलाई नियुक्ती गर्नुपर्छ भनेर। यो कुरा त लेटरप्याडमै परिषदलाई र प्रधानन्यायाधीशलाई पठाएका रेकर्ड छन्। किन लुकाउनुपर्छ’, राणाले बयानका क्रममा भने।