News

यसरी बिदा भए सागर लम्साल ‘बले’ का बुवा ! पशुपति आर्यधाटमा चल्यो रुवावासी (भिडियो सहित)

काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीर नेपाल ल्याइएको छ । शुक्रबार स्पेनबाट नेपाल ल्याइएको दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन् । शवलाई बुझ्न मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकापुग्दा भाबुक बनेका थिए ।

शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।प्र तिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ ।

लम्साल लामो समयदेखी पिसाबसम्बन्धी रोगबाट पीडित थिए । उनी कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा समेत रहेका लम्साल लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् ।

‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उनका लोकप्रिय छन् । पुरा भिडियो यहाँ राखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email