News

पोईल गको श्रीमती ४ पटकसम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु (भिडियो सहित)

चार पटक सम्म फिर्ता ल्याए तर ५ औ पटक मा बेपत्ता भइन् रञ्जु, छोरालाई आमा होइन दिदि भन भन्दै कुटपिट बारा जिल्ला को सिमरा बाट बिगत ८ महिना देखि रञ्जु के.सि बेपत्ता छिन्। दिदी को घर जान्छु भनेर निस्केकी रञ्जु ८ महिना बितिसक्दा पनि घर फर्केकी छैनन्।

घर नफर्के पनि बेला बेला मा सम्पर्क गरेर सम्बन्ध विच्छेदको कागजात तयार पार्न भन्ने अनि आफू आएर सम्बन्ध विच्छेद गर्ने उनले भन्ने गरेकी छन्। विगत मा पनि ४ पटक सम्म रञ्जु बेपत्ता भएको को र पछी मिलापत्र गरेर घर राखेको श्रीमान कमल थापाले बताए।

विगत ८ महिना देखि घरमा नफर्किएपछि बाध्य भएर मिडिया सामु आउन परेकाे भन्दै उनले रञ्जुलाई देखे आफुलाई सम्पर्क गर्न आग्रह गरे। रञ्जु सुरु देखी नै धेरै मोबाइल चलाउने, टिकटक लाईभ मा बसेर धेरै पर-पुरुष संग बोल्ने गरेको रञ्जुकाे सासू फुमा थापाकाे आराेप छ।

भिडियो कल मा पर-पुरुष संग बोल्दा आफ्नो छोरालाई दाइ को छोरा हो भन्ने अनि छोरालाई नि आमा होइन दिदी हो भन भन्दै कुटपिट गर्ने गरेको उनकाे भनाइ छ। रञ्जु लामो समयसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनका श्रीमानले उनको अवस्था पत्ता लगाउन भन्दै प्रहरीमा निवेदन दर्ता गराएका छन् ।

आफन्त छरछिमेक सहित सम्भावित सबै स्थानमा फोन सम्पर्क र खोजि गरिए पनि उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । बेलाबेलामा रञ्जु आफैले फाेन गर्ने गरे पनि ठेगना भने फरकफरक बताउने गरेकि छन्। छाेडपत्र गर्छु भन्ने धम्काउने तर सम्पर्कमा नै नआइदिने गर्दा थापा परिवारमा भने तनाव छाएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email