२ वर्षदेखि मानसिक याताना भोगि रहेको छु, यदि रंगशाला बनेको भए कोही पनि रुखमा बसेर खेल हेर्नुपर्ने थिएन… (भिडियो सहित )

काठमाडौं – सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले यस्तो बताएका हुन् । धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्।
उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको र यदि यो रंगशाला बनेको भए आज कसैले पनि रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था नआउने बताएका हुन् ।आज जुन उचाइमा क्रिकेट पुगेको छ।
यो अवस्था हेर्दा रंगशाला आवश्यक ठानेर मैले उनले बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो ? उनले भनेका छन् । मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ। त्यस्तै उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पारेर नछाडेको र बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको बताएका छन् ।
पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ। उनले रंगशाला बनाउदा १८ करोड ऋण लागेको देखाएपछि छ पछि यो विषय थप विवादित बनेको छ ।उनले भनेका छन् । मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ।