News

अस्ट्रेलिया बस्ने नेपाली दम्पत्तिले एकैचोटी जन्माए ४ सन्तान

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेश सन्तान प्राप्तिको योजनासहित उपचार गराउन अष्ट्रेलियादेखि नेपाल आएका थिए ।

अष्ट्रेलियामा स्थायी बसोबास गर्दै आएका उनीहरुले काठमाडौैंस्थित नर्भिक आइभिएफमा उपचार सुरु गरे । चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासँग उपचार तथा परामर्श गराइन् ।

त्यहाँको सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण पनि अरुणा दम्पत्तिले अष्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएर अष्ट्रेलिया गएका थिए । अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान योगेशले बताए ।

निर्धारित समयभन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । योगेशका अनुसार प्रि म्याचर्ड डेलिभरी भएकाले बच्चाहरुको तौल कम हुँदा अस्पतालले विशेष निगरानी र हेरचाह गर्नुपरेको हो ।

एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ । अष्ट्रेलियामा महिलाहरुको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल nine.com.au ले नेपालकी अरुणा सिंह र योगेशले अष्ट्रेलियामा जुम्ल्याह सन्तान जन्माएको विषयलाई रोचक ढंगले प्रस्तुत गर्दै ‘क्वीन्सल्याण्ड दम्पत्तिको चमत्कार,

चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्यौं’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ । योेगेशलाई उद्धृत गर्दै उक्त अनलाइनले लेखेको छ, ‘सुरुमा अस्पतालले हामीलाई तीन जना बच्चा भन्यो, पछि ४ जना भन्दा हामी अचम्म अनि छक्क पर्यौं । किन भने त्यो हाम्रा लागि अचम्म र अप्रत्यासित पनि थियो ।’

उनीहरुले आफ्ना सन्तानको न्वरान पनि गरिकसेका छन् । तीन छोराको नाम क्रमश आर्ची, लुइस र एडी राखेका छन् भने छोरीको नाम अन्ना राखेका छन् । अष्ट्रेलियामा चम्ल्याह सन्तान जन्माउनुलाई दुर्लभ मानिन्छ । उक्त अनलाइनका अनुसार पछिल्लो ४ वर्षमा सो अस्पतालमा जन्मिने बच्चाहरुमध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो ।

यो पनि -सुदूरपश्चिम प्रदेश अन्तर्गतको सेती प्रादेशिक अस्तपालले ठूलो संख्यामा चिकित्सक स्वास्थ्यकर्मी माग गरेको छ । कैलालीको धनगढीस्थित यस अस्पतालले आज सूचना जारी गरी विशेषज्ञ चिकित्सक सहितका पदमा करार सेवामा कर्मचारी माग गरेको हो । अस्पतालले नवौँ तहमा ८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ ।

आठौँ तहमा ६ जना मेडिकल अधिकृतका लागि आवेदन खुलाइएको छ। सबै भन्दा धेरै स्टाफ नर्स ३५ जना माग गरिएको छ । स्टाफ नर्सबाहेक पाचौँ तहका अन्य विभिन्न पदमा १९ जना स्वास्थ्यकर्मी मागिएको छ । चौथो तहमा अनमी २ र अहेब एक जना मागिएको छ । इच्छुक र योग्यता पुगेको उम्मेदवारलाई ७ दिनभित्र निवेदन दिन भनिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Follow by Email