अस्पताल लैजाँदै गर्दा बाटोमै सु;’त्केरी भए पछि

स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ भन्ने थाहा भए पनि धेरैजसो जान खोज्दैनन्, लामो समयसम्म बेथा लाग्दा आमा र शिशुको ज्यान जोखिममा पर्ने गरेको छ।मुगु‚ वीरेन्द्रनगर‚ रुकुम पश्चिम — मुगुको खत्याड–३ रोलका ५६ वर्षीय दृष्टिविहीन कल्से नेपालीकी ४१ वर्षीया श्रीमती जौकलालाई शुक्रबार बिहान ५ बजेतिर सुत्केरी बेथा लाग्यो ।
गमगढीमा बस्दै आएका उनले गर्भवती पत्नीलाई हिँडाएरै जिल्ला अस्पताल लैजान खोजे । पुग्न नभ्याउँदै जौकलाले अदालत चोकको सडकमै बच्चा जन्माइन् ।गमगढीस्थित सार्वजनिक जग्गामा एककोठे टहरो बनाएर बसिरहेका उनी बाटोमा गीत गाएर माग्दै परिवारको गुजारा चलाउँछन् ।
१६ वर्षको उमेरमा दुवै आँखा बन्द भएका उनले भगवान्सँग श्रीमतीको अवस्था छिट्टै सामान्य होस् भनेर कामना गरेको बताए ।जौकलाको पहिलो गर्भ तुहिएको थियो भने दोस्रो सन्तानका रूपमा छोरा जन्मिए पनि एक महिना नपुग्दै बान्ता भएर मृत्यु भएको थियो ।
तेस्रो पटक ६ वर्षअघि छोरी जन्माएकी उनले अहिले पनि छोरीलाई जन्म दिइन् ।बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता भोग्ने जौकला एक्ली होइनन् ।कर्णाली प्रदेशमा हरेक महिनाजसो यस्ता घटना बाहिर आउँछन्, जसले समग्र प्रदेशको स्वास्थ्य अवस्थाको कमजोर चित्र उजागर गर्छन् ।
रुकुम पश्चिमको आठबीसकोट–११ चौरकी २२ वर्षीया पार्वती विकलाई गत साताको एउटा बिहान सुत्केरी बेथाले च्याप्यो ।आफन्त र छिमेकीले हतारहतार नगर अस्पताल आठबीसकोट पुर्याए । त्यहाँ सुत्केरी गराउन नसकेपछि अस्पतालले चौरजहारी अस्पताल लैजान भन्यो । लैजाँदै गर्दा चौरजहारी–३ दमारनजिकैको सडकमा उनी सुत्केरी भइन् ।
उनको पहिलो गर्भ भएकाले हामी नर्मल डेलिभरी गराउने तयारीमा थियौं,’ आठबीसकोट नगर अस्पतालकी स्वास्थ्यकर्मी चम्पा खड्काले भनिन्, ‘बिहान ६ बजे अस्पताल आएकी उनको १० बजेसम्म पाठेघरका चार घर खुलेका थिए, त्यसपछि क्रमशः १० वटै घर त खुले तर बच्चा बाहिर निस्किएन, त्यसपछि चौरजहारी अस्पताल पठाएको त बाटैमा बच्चा जन्मिएछ ।’