पिकनिकमा दुर्गेश र ह्यान्सी बीच के भएको थियो ? घटनाबारे दुर्गेशले फोनमा यसो भने (भिडियो सहित)

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो। यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।
आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो ।म्युजिक भिडियो खेल्ने कलाकारहरु टोखाको भुखेलमा शनिबार पिकनिक गएका थिए । त्यसमा रिदम पनि पुगेका थिए ।
बेलुकापख खाना खाइसकेपछि दुर्गेश र रिदमबीच झडप भएको हो । दुर्गेशले टिकटकमा आफूविरुद्ध जथाभावी बोलेको भन्दै थर्काएको र त्यही क्रममा आफूलाई हातपातसमेत गरेको रिदमको आरोप छ ।उनले भनेका छन्, ‘म खाना खाएवरी एकजना दाईसँग कुरा गरेर बसिरहँदा दुर्गेश थापा आएर ह्यान्ड सेक गरे ।
एकछिन नियालेर हेरे अनि, ‘तँ नै होइन ह्यान्सी भन्ने ?’ भन्दै मलाई धकेल्दै घाँटीमा अँठ्याए । त्यसपछि मलाई अवि रायमाझी र रोसन सिंहले मलाई पिटे । दुर्गेश थापाले मलाई लडाएर लात्तिले हाने । मेरो सुनको चेन पनि लुछे । मेरो डेढ तोलाको चेन हरायो । त्यो अब दुर्गेशले तिर्नुपर्छ ।’
ज्यानै मार्ने नियतले कुटपिट भएको रिदमको दावी छ । यद्यपि उनको शरीरमा गम्भीर चोट भने छैन । उनले आफ्नो खुट्टाको छाला दर्फरिएको र ओठको भित्री भागमा घाउ भएको बताएका छन् । दुर्गेशले भने लफडा भएको स्वीकारे पनि आफूले हात नहालेको दावी गरे । नेपाल प्रेससँग कुरा गर्दै रिदमले आफूविरुद्ध मनपरी बोल्दै आएको विषयमा सोधेको बताए ।
‘राम्ररी कुरा नबुझीकन मेरो विषयमा किन जथाभावी बोलेको भनेर सम्झाउन खोजेको थिएँ,’ दुर्गेशले भने, ‘त्यही बेला पछाडिबाट कसले हात हाल्यो मलाई थाहा भएन । उसले अरुलाई पनि मनपरी भनेको रहेछ ।’यो घटनाको जरो चाहीँ पल शाह प्रकरणसँग जोडिएको छ । पल प्रकरणमा दुर्गेश पनि जोडिएपछि रिदमले उनलाई टिकटक लाइभमा गालीगलौज गरेका थिए ।
युट्यूवको एउटा अन्तरवार्तामा उनले दुर्गेशमाथि आक्रमण गर्ने धम्कीसमेत दिएका छन् । त्यस न्तरवार्तामा रिदमले भनेका थिए, ‘म उसलाई चिन्दा पनि चिन्दिनँ । दुर्गेश थापा भन्या को हो मैले अहिलेसम्म उसको गीत पनि चिन्या छैन ।’त्यसपछि युट्यूवरले सोधेका छन्, ‘भोलि तँ मलाई नचिन्ने ? भन्दै दुर्गेशले हात हाले भने के भनेर सम्झाउनुहुन्छ ?’ ‘
एक म मलाई हात हाल्नका लागि कुनै माइकालालले आँट गर्नु सपनाजस्तै हो । मेरो हात बाँसका ठुटा हो र ? एक्सनमा कोही घाइते हुन्छ, कसैले कसलाई कुच्याउँछ, के के हुन्छ हुन्छ । उहाँलाई सम्झाउने किन ? माँ कसम छ नि, यति कुरा भन्छु… उहाँमात्र नभएर जोसुकै सेलिब्रिटी होस, गल्ति गर्नेलाई सम्झाउने होइन, पहिले बङ कि बङ कुट्ने हो अनि सम्झाउने हो ।’
रिदमको दुर्गेश, रोसन र अविविरुद्ध उजुरी दिएपछि महाराजगञ्ज प्रहरी वृत्तले दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ । दुर्गेश अहिले बाहिर रहेको बताएका छन् । उनि आफू म्युजिक भिडियो सुटिङमा रहेकाले १–२ दिनमा आउने बताएका छन् ।